लोक सेवा आयोगद्वारा ४८२ शाखा अधिकृत नियुक्तिका लागि सिफारिस
काठमाडौं, माघ १७
लोक सेवा आयोगले ४८२ शाखा अधिकृतलाई नियुक्तिको लागि सिफारिस गरेको छ ।
निजामति, संसद्, नेपाल वन सेवा लगायतमा आयोगले उनीहरुलाई सिफारिस गरेको हो ।
लिखित र अन्तर्वार्ता समेत सकिएको अवस्थामा समायोजन विवादमा सर्वोच्च अदालतको आदेशका कारण चार महिनादेखि नतिजा प्रकाशन रोकिएको थियो ।
सर्वोच्चले माघ १२ गते नतिजा प्रकाशन गर्न आयोगलाई परमादेश जारी गरेपछि आज नतिजा प्रकाशन भएकाे हाे ।