सरकारलाई निर्वाचनको मिति सिफारिस गर्न गृहकार्य सुरु


 


काठमाडौं, माघ १७
जेठ महिनामा स्थानीय तहको निर्वाचन गर्न सत्तारूढ दल सहमत भएसँगै निर्वाचन आयोगले सरकारलाई निर्वाचनकोे मिति सिफारिस गर्न गृहकार्य अघि बढाएको छ ।

निर्वाचनको मिति तोक्न चौतर्फी दबाब परेपछि सत्ता गठबन्धनले आयोगसँग परामर्श गरेर जेठ महिनामै स्थानीय तहको निर्वाचन गराउन सरकारलाई सुझाव दिएको थियो ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सरकारले आयोगसँग परामर्श गरेर निर्वाचनको मिति घोषणा गर्ने भनेकाले निर्वाचनको मिति सिफारिसका लागि तयारी गरिरहेको जानकारी दिँदै भने– ‘एकै चरणमा निर्वाचन गर्ने हो भने यो मिति वा कारणवश दुई चरणमा निर्वाचन गर्ने हो भने यो यो मितिमा गर्ने भनेर प्रस्तावित गर्नेछौं ।’

निर्वाचनको तयारीका लागि लाग्ने समय, दुई चरणमा गर्दा पहिलो चरण र दोस्रो चरणबीचको तयारीको समय, कुनै समुदाय वा धर्मावलम्बीको पर्व वा विशेष दिन परेको छ कि छैनलगायत सबै पक्ष विचार गरेर निर्वाचनको मिति सिफारिस गरिने पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए ।

स्थानीय तहको निर्वाचन सम्पन्न गर्न कम्तीमा ५३ कार्य सम्पन्न गर्नुपर्ने भएकाले कानुनतः १ सय २० दिन आवश्यक पर्ने आयोगले जनाएको छ । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रकाशित मिति: १७ माघ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्