सरकारले बढायाे दूधकाे मूल्य



काठमाडौं, माघ १८
सरकारले दूधको मूल्य बढाएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले किसानले पाउने मूल्य बढाएको हो ।

सरकाले दुधको मूल्य ६.५२ रूपैयाँ बढाउँदै प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको छ । यसअघि दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो ।

किसानहरुले दुधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गर्दै आएका थिए । आफूहरुको माग पूरा नभएर आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News