यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णय



काठमाडौं, माघ १८
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानले उत्पादन गरेको दूधको मूल्य बढाउनेसहितको निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले यस अघि ४९.५२ रुपैयाँ रहेको दूधको मूल्य ५६.०४ रुपैयाँ कायम गरेको हो ।

सरकारले दूध प्रतिलिटरमा १३.७ प्रतिशत बढाएको हो । यो समर्थन मूल्यमा दुग्ध विकास संस्थानले प्रशोधित दूधको मूल्य निर्धारण गर्ने गर्छ ।

दूधको फ्याट र एसएनएफ (धृतांश बाहेकको ठोस पदार्थ)को आधारमा जति बढी हुन्छ किसानले यसकै आधारमा दूधको मूल्य पाउने गर्छन् । फ्याट बढी आउनेले बढी मूल्य र कम आउनेले कम मूल्य पाउने गर्छन् ।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले चितवनमा शिक्षक अस्पताल बनाउने निर्णय पनि गरेको छ । चितवनको भरतपुर महानगरपालिका १५ वडामा शिक्षक अस्पताल बनाउने निर्णय सरकारले गरेको हो ।

शिक्षामन्त्री देवेन्द्र पौडेलले पेश गरेको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले भगवानपुरमा अस्पताल निर्माणको गर्न सैद्धान्तिक सहमति दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News