Deshko News
११ आश्विन २०८०, बिहिबार

बालिका मृत्यु प्रकरण : झारफुकमा संलग्न ‘माता’ ठकुरी पुर्पक्षका लागि जेल चलान



काठमाडौं, माघ २१
झारफुक गर्ने क्रममा एक बालिकाको मृत्यु भएपछि पक्राउ परेकी माता भनिने उमा शाहीलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षको लागि जेल चलान गरिएको छ ।

नागार्जुन नगरपालिका वडा नम्बर १ रानीवन पानीट्याङ्की बस्ने ‘माता’ भनिने ४८ वर्षीय शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । बालिकाको हत्या आरोपमा पक्राउ परेकी अर्की एक नाबालिकालाई भक्तपुरको थिमीस्थित बाल सुधारगृह पठाउने आदेश दिएको छ ।

अदालतको बिहीबारको आदेश अनुसार ठकुरीलाई पुर्पक्षका लागि कारागार विभाग जगन्नाथ देवल पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनाली जानकारी दिए ।

४८ वर्षीया ठकुरीले काठमाडौंको नागार्जुन नगरपालिका-१ रानीवनस्थित पानीट्याङ्की नजिक भाडाको घरमा झारफुक गर्दै आएकी थिइन् ।

उनको घरमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-२ कि १४ वर्षीया बालिका बेहोस अवस्थामा २४ पुसमा फेला परेकी थिइन् । बेहोस अवस्थामा बालिकालाई उद्दार गरी उपचारका लागि मनमोहन मेमोरियल अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति: २१ माघ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News