आज देशभर घाम लाग्ने सम्भावना


 


काठमाडौं, माघ २३
आजदेखि मौसममा पूर्ण सुधार हुने मौसमविदले बताएका छन् ।

केही दिनयता पश्चिमी न्यून चापीय प्रणालीको कारण वर्षा र हिमपात भएकोमा हिजो दिउँसोदेखि नै मौसममा क्रमिक सुधार हुन थालेको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अर्को प्रणाली नआउँदासम्म बिहान केहीबेर हुस्सु कुहिरो लागे पनि दिउँसोे घाम लाग्नेछ । अब अर्को प्रणाली नआएसम्म पानी पर्ने सम्भावना नभएको महाशाखाले जनाएको छ ।

आजदेखि दुई–तीन दिन मौसम सुधार हुने र बुधबार बिहीबारदेखि फेरि अर्को मौसमी प्रणाली विकसित हुने सम्भावना देखिएको मौसमविद्को भनाई छ ।

प्रकाशित मिति: २३ माघ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्