आजदेखि सवारी साधनमा लगाइएको जाेरबिजाेर प्रणाली हट्याे


 


काठमाडौं, माघ २४
काठमाडौं उपत्यकामा सवारीसाधनमा लागू गरिएको जोरबिजोर प्रणाली हटेको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हटाउने निर्णय गरेसँगै आज मध्यरातिबाट निर्णय लागू भएकाे हाे ।

७ माघ मध्यरातिदेखि जाेरबिजाेर लागू भएकाे थियाे । त्यसपछि १४ माघमा संशाेधन गर्दै सार्वजनिक सवारीसाधनमा जाेरबिजाेर हटाइएकाे थियाे । तर, निजी सवारीसाधनमा भने जाेरबिजाेर कायमै थियाे ।

काठमाडाैंका प्रमुख जिल्ला अधिकारी गाेविन्द रिजालले काेराेना महामारीमा जारी स्वास्थ्य मापदण्डकाे पालना गर्नेगरी जाेरबिजाेर हटाइएकाे बताए । उनका अनुसार गाडीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने मास्क अनिवार्य गरिएकाे छ ।

आगामी फागुन १ गते शैक्षिक संस्था खोल्न पाइने भएको छ । आगामी फागुन १ गतेदेखि विश्वविद्यालय, कलेज, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू जनस्वास्थ्यको मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै जानकारी दिएका छन् ।

यद्यपि, विद्यालय सञ्चालन गर्दा १२ वर्ष पुरा भएका विद्यार्थीका हकमा नियमति र १२ वर्ष पुरा नभएका विद्यार्थीका हकमा आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउन जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: २४ माघ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्