वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी शेषनारायण पौडेललाई


 


काठमाडौं, माघ २६
वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह-सचिव शेषनारायण पौडेलले पाएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आज मन्त्रीस्तरीय निर्णय गर्दै महानिर्देशकको जिम्मेवारी पौडेललाई दिएका हुन् ।

पौडेल मन्त्रालयमा श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखामा थिए । विभागको महानिर्देशकको जिम्मेवारीमा रहेका सहसचिव दिपक काफ्ले मन्त्रालय तानिएका छन् ।

काफ्लेलाई करिव ६ महिना अघि विभागको महानिर्देशकको जिम्मेवारी दिइएको थियो ।

प्रकाशित मिति: २६ माघ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्