२८ सहसचिवको सरुवा


 


काठमाडौं, माघ २७
सरकारले २८ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार २८ जना सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो ।

१८ जना सहसचिवलाई संघीय निकायबाट प्रदेशमा पठाइएको छ। जगेडामा रहेका ६ जनालाई पनि जिम्मेवारी दिइएको छ।

यस्तै प्रादेशिक निकायका ६ जनालाई संघमा तानिएको छ भने प्रादेशिक निकायमा रहेका ३ जनालाई एक प्रदेशबाट अर्को प्रदेशमा सरुवा गरिएको छ।

प्रकाशित मिति: २७ माघ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्