दाङमा चप्पल गोदाममा आगलागी, एक घाइते
![](https://www.deshkonews.com/wp-content/uploads/2020/05/aaglagi-1.jpg)
दाङ, माघ २८
तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित एक घरमा आलगागी भएको छ । आगलागी हुँदा सोही घरमा रहेको इरम फुटवेयर चप्पल गोदाममा क्षति भएको छ भने एक व्यक्ति घाइते भएका छन् । घाइतेलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको छ ।
विद्युत्को मिटर पड्किँदा आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
गए राति २ बजेदेखि आगलागी भएकामा बिहान साढे ५ बजेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । क्षतिको विवरण अझै आउन सकेको छैन ।
अहिले इलाका प्रहरी कार्यालय तुलसीपुुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासी तथा घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिइरहेका छन् । रासस
प्रकाशित मिति: २८ माघ २०७८, शुक्रबार