बैंकले बढाए व्याज, यस्तो छ व्याजदर


 


काठमाडौं, फागुन १
वाणिज्य बैंकहरुले आजदेखि नयाँ व्याजदर लागू गरेका छन् । नेपाल बैंकर्स संघको निर्णय अनुसार फागुन १ गतेदेखि निक्षेपको ब्याजदर वृद्धि गर्ने निर्यण गरेका थिए ।

आजदेखि २७ वटा वाणिज्य बैंकले निक्षेपको व्याजदर वृद्धि गरेका हुन् । २७ वटा बैंकमध्ये २६ वटा बैंक एउटै व्याजदर तोकेका छन् भने स्ट्याण्डर्ड चार्टर बैंकले भने फरक व्याजदर कायम गरेको छ ।

२६ वाणिज्य बैंकले आजदेखि व्यक्तिगत मुद्दतीको ११.०३ प्रतिशत र संस्थागतमा १०.०३ नयाँ ब्याजदर लागू गरेका छन् । रेमिट्यान्स मुद्दतिमा भने १२.०३ प्रतिशत कायम भएको छ । यसभन्दा पहिले मुद्दतिमा १०.०३ प्रतिशत व्याजदर हरेको थियो ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने ९.५ प्रतिशत नै राखेको छ । सो बैंकले संस्थागतमा ८.५ प्रतिशत व्याजदर कायम गरेको हो ।

प्रकाशित मिति: १ फाल्गुन २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्