मुकुन्द निरौला सचिवमा बढुवा


 


काठमाडौं, फागुन ५
सरकारले मुकुन्दप्रसाद निरौलालाई सचिवमा बढुवा गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालयका सहसचिव निरौलालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

सचिव बढुवाका लागि तीनजना सहसचिवको नाम सिफारिस भएको थियो । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा १० दिनअघि बसेको बढुवा सिफारिस समितिले बैठकले सचिव बढुवाका पहिलो नम्बरमा निरौला, दोस्रो नम्बरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव विनोदप्रकाश सिंह र तेस्रो नम्बरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव गोपीकृष्ण खनालको नाम सिफारिस गरेको थियो ।

प्रकाशित मिति: ५ फाल्गुन २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्