एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री


 


काठमाडौं, फागुन ५
प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्न उनको निवासतर्फ गएका छन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार देउवा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताका विषयमा छलफल गर्न बालकोट गएका हुन् ।

बालुवाटारमा सत्तारुढ गठबन्धनमा रहेका चार दलका शीर्ष नेताको बैठकमा एमसीसी संसदमा टेबल गर्ने विषयमा सहमति जुट्न सकेको थिएन । गठबन्धनको बैठक सकिएलगत्तै प्रधानमन्त्री देउवा ओलीलाई भेट्न गएका हुन् ।

नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले प्रधानमन्त्री देउवा र उनकी पत्नी आरजु राणा देउवा एमाले अध्यक्ष ओलीको निवासमा रहेको तस्वीर सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति: ५ फाल्गुन २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्