रञ्जु दशर्नाले गरिन् फुलमाला, को हुन् उनका बर ?


 


काठमाडौं, फागुन ६
रञ्जु दशर्नाले फुलमाला (इन्गेजमेन्ट) गरेकी छिन् । बिवेकसिल साझा पार्टी छाडेर स्वतन्त्र रहेकी दर्शनाले आज इन्गेजमेन्ट गरेकी हुन् ।

रञ्जु किस्सु कुँइकेलसँग बिवाह बन्धनमा बाँधिन लागेकी हुन् । रञ्जुले आज इन्गेजेमेन्ट गरेको तस्विर सार्वजनिक गरेकी छिन् ।

रञ्जु गत स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकामा मेयरको उम्मेद्वार बनेसँगै आएकी हुन् । यद्यपी अहिले उनी कुनै पार्टीमा छैनन् ।

फुलमालाको तस्बिर सार्वजनिक गर्दै रञ्जुले फेसबुकमा यस्तो लेखेकी छन्

आज देखि जीवनको अर्को एउटा सुन्दर यात्राको शुभारम्भ भएको छ। दियो कलश र गणेश भगवान एवम् परिवारका सदस्यहरु, निकट साथीहरु र सारा ब्राह्मणड साक्षी राखि फुलमाला, टिका कार्यक्रम सम्पन्न गरेका छौं।
तपाईहरुको आशीर्वाद र शुभकामनाको लागि हृदय देखि कृतज्ञ ज्ञापन गर्न चाहन्छु।
मायाको यात्रामा एक सशक्त जीवन साथी बनी हरदम साथ दिने मेरो हरेकदिन प्रयास रहने छ किसु।
तिम्रो जीवनमा, परिवार मलाई खुल्ला हृदयले स्वागत गरेकोमा धेरै धन्यवाद किसु

प्रकाशित मिति: ६ फाल्गुन २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्