Deshko News
१४ आश्विन २०८०, आइतबार

नेपाल–भारत सचिवस्तरीय ऊर्जा बैठक बस्दै, विद्युत् निर्यातबारे छलफल हुने



काठमाडौँ, फागुन ११
नेपाल–भारत विद्युत् व्यापार तथा संरचना निर्माणका विषयमा छलफल गर्न बुधबारदेखि नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक राजधानी काठमाडौँमा बस्दैछ ।

समितिअन्तर्गतको संयुक्त कार्यदलको बैठक र बिहीबार निर्देशक समितिको बैठक बस्ने तय भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

बिहीबार हुने निर्देशक समिति बैठकको नेतृत्व नेपालका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्कीले गर्ने छन् भने भारतीय पक्षको नेतृत्व त्यहाँको ऊर्जा मन्त्रालयका सचिव आलोककुमारले गर्ने भएका हुन् ।

यस पटकको बैठकमा दुई देशबीचको विद्युत् आदानप्रदानका लागि पूर्वाधार निर्माणदेखि नीतिगत समस्याका विषयमा छलफल हुनेछ । कार्यदलको बैठकमा विद्युत् आदानप्रदानको अवस्था त्यसमा गर्नुपर्ने सुधार, अन्तरदेशीय प्रसारण लाइन निर्माण तथा स्तर वृद्धिलगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: ११ फाल्गुन २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News