Deshko News
१३ आश्विन २०८०, शनिबार

देवाही गोनाही नगरपालिकाका मेयर २ लाख ५० हजार घुस रकमसहित पक्राउ



काठमाडौँ, फागुन १६
रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेल २ लाख ५० हजार पक्राउ परेका छन् ।

पटेलले उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी दिने क्रममा बिभिन्न बहाना बनाई सेवाग्राहीसँग ५ लाख घुस मागेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको टोलीद्वारा उनलाई पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंबाट खटेको टोलिले मेयर पटेललाई २ लाख ५० हजार रुपैयाँका चेकसहित मेयरलाई आइतबार पक्राउ गरेको हो । उनीहरु सेवाग्राहीबाट चेक लिइसकेको अवस्थामा उक्त रकम र चेकसहित नगर प्रमुखकै कार्यकक्षबाट पक्राउ परेको आयोगले जनाएको छ ।

डिएसपी पुष्प मल्लको नेतृत्वमा खटिएको टोलीले मेयर पटेललाई उनकै कक्षबाटै रङ्गे हात पक्राउ गरेको आयोगले जनाएको छ।

आयोगको टोलीले नगर प्रमुख पटेलसहित उनका सहयोगी अशोक प्रसाद पटेल, योजना शाखाका प्रमुख (खरिदार, चौथो तह) मुकेश पटेल र सह–लेखापाल प्रदिप कुमार यादवलाई पक्राउ गरेको छ । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रकाशित मिति: १६ फाल्गुन २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News