बलात्कार आरोपमा सांसद मोहन बानियाँ पक्राउ


 


काठमाडौँ, फागुन १७
जबर्जस्ती करणीको आरोपमा नेकपा एमालेका समानुपातिक सांसद मोहन बानियाँ पक्राउ परेका छन् । सांसद बानियाँ सोमबार साँझ नेपालगञ्ज विमानस्थलबाट पक्राउ परेका हुन् ।

काठमाडौबाट फर्कदै गर्दा नेपालगञ्ज विमानस्थलबाट बानियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जुम्लाकी एक ४० वर्षीया शिक्षिकाले जबर्जस्ती करणी गरेको आरोपमा बाँके प्रहरी कार्यालयमा गत माघ २४ गते बानियाँविरुद्ध दिएको उजुरी माघ २७ गते दर्ता भएको थियो ।

सोही उजुरीको आधारमा सा‌सद बानियाँविरूद्ध फागुन ४ गते जिल्ला अदालत बाँकेले पक्राउ पक्राउ पुर्जी जारी गरेको थियो । बलात्कार आरोपित सांसद बानियाँ फरार थिए । २५ लाख रुपैयाँको चेक लिन आउ भन्दै होटलमा बोलाएको र आफूलाई दिनुपर्ने उक्त रकम नदिई बलात्कार गरेको ती शिक्षिकाको दाबी छ ।

प्रकाशित मिति: १७ फाल्गुन २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्