पेट्रोलको मूल्य बढाएको निगमलाई १५ दिनमा २ अर्ब ५० करोड घाटा



काठमाडौँ, फागुन २०
पेट्रोलको मूल्य प्रतिलिटर १५० र डिजेलको मूल्य १३३ रुपैयाँ पुर्याएको निगमले अझै घाटामा रहेको बताएको छ । निगमका अनुसार सबै पेट्रोलियम पदार्थको मूल्य बढाएपछि पनि मासिक साढे २ अर्ब घाट हुने भएको हो ।

निगमले बिहीबार राती १२ बजेदेखि सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यससँगै निगमलाई प्रतिलिटर पेट्रोलमा १६.२८ रुपैयाँ घाटा हुने निगमको भनाई छ । यस्तै डिजेलमा प्रतिलिटर ११.७८ रुपैयाँ घाट रहेको छ । यसबाहेक मट्टीतेल र हवाई इन्धन (आन्तरिक र बाह्य)तर्फको बिक्रीमा भने निगम नाफामा रहेको छ ।

रुसले छिमेकी मुलुक युक्रेनमा सैन्य हमला सुरु गरेसँगै विश्वव्यापीरूपमा पेट्रोलियम पदार्थको मूल्य उकालो लाग्दै आएको छ । आज विश्व बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ११७ अमेरिकी डलर पुगेको छ । यससँगै नेपालमा आगामी दिनमा पेट्रोल र डिजेलको मूल्य थप बढने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News