Deshko News
८ आश्विन २०८०, सोमबार

उद्योग अगाडि कसले राख्यो बम ?



काठमाडौँ, फागुन २०
मोरङको बुढीगंगामा उद्योग अगाडि भेटिएको शंकास्पद वस्तु बम भएको प्रहरीले बताएको छ ।

कोशी राजमार्ग अन्तर्गत प्रिमियर वायर्स उद्योग अगाडिको सडक किनारामा बिहीबार साँझ शंकास्पद वस्तु ‘कुकर’ फेला परेको थियो ।

उक्त बस्तु बम भएको पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी मञ्जील मुकारुङले जानकारी दिए ।

‘उक्त बस्तु बम भएको पुष्टि भयो,’ मुकारुङले भने, ‘सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरिसक्यो ।’ बम कसले राखेको हो भन्ने कुराको भने अझै पुष्टि नभएको उनले बताए । ‘हामी अनुसन्धानको क्रममा छौं,’ उनले भने ।

प्रकाशित मिति: २० फाल्गुन २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News