माओवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै, यी हुन् एजेन्डा


 


काठमाडौँ, फागुन २२
नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । पार्टी पदाधिकारी चयन गर्नेलगायत विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । फागुन २० देखि केन्द्रीय कमिटी बैठक सुरु भएको थियो ।

एमसीसी पारित भएको अवस्था, स्थानीय चुनाव तयारी र पदाधिकारी चयनजस्ता विषयमा केन्द्रीय कमिटीमा छलफल हुँदै आएको छ । शुक्रबारको बैठकमा एमसीसीलगायतका समसामयिक विषयमा छलफल भएको थियो ।

आजको मुख्य एजेन्डा पदाधिकारी चयन गर्ने, स्थायी कमिटी, पोलिटव्युरो गठन गर्नेजस्ता विषय रहेको बताइएको छ । गत पुस १८ गते माओवादीको आठौँ महाधिवेशन सम्पन्न भएको थियो ।

सो महाधिवेशनले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरे पनि पदाधिकारी चयन गरेको थिएन भने केन्द्रीय कमिटी सदस्य मात्रै चयन भएका थिए । आजको बैठकबाट केन्द्रीय समितिलाई पनि पूर्णता दिने तयारी गरिएको छ ।

प्रकाशित मिति: २२ फाल्गुन २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्