पेस्तोल र लागूऔषधसहित बाँकेबाट तीन युवक पक्राउ


 


काठमाडौं, फागुन २३
बाँकेमा पेस्तोल र लागूऔषधसहित तीनजना पक्राउ परेका छन् । जिल्लाको खजुरा गाउँपालिका १ स्थित रवीन्द्र थापाको घरबाट लागूऔषध र पेस्तोलसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २५ वर्षीय रवीन्द्र थापा, २७ वर्षीय मनिष थापा र २८ वर्षीय सुरेश रोका रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

उनीहरुको साथबाट एक थान अत्याधुनिक स्वचालित पेस्तोल र ९० ग्राम ब्राउन सुगर पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले जानकारी दिए ।

गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुरबाट खटिएको संयुक्त प्रहरी टोली उनीहरुलाई लागूऔषध र पेस्तोलसहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरु ब्राउन सुगर सेवन गरिरहेको अवस्थामा पक्राउ परेका हुन् । उनीहरु तिनै जनामाथि अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २३ फाल्गुन २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्