Deshko News
११ आश्विन २०८०, बिहिबार

भारतीयले स्काभेटर प्रयोग गरेर महाकाली नदी नै नेपालतर्फ फर्काए



काठमाडौँ, फागुन २५
सीमामा नेपालीहरुमाथि ज्यादती गर्दै आएका भारतीयले हुँदा हुँदा नदीको वहाव नै परिवर्तन गर्न खोजेपछि दुवैतर्फका स्थानीयबीच ढुंगा हानाहान भएको छ ।

महाकाली नगरपालिका–४ स्थित लास्कु खोला नजिकै भारतीय पक्षले स्काभेटर लगाएर महाकालीको बहाव नेपाल फर्काउन खोजेपछि स्थानीयले प्रतिवाद गरेका हुन् । भारतीयहरुले स्काभेटरको सहायतामा नदीको बहाव नेपालतर्फ फर्काएपछि दुवैतर्फका स्थानीयबीच ढुंगा हानाहान भएको स्थानीयबासीले बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले दुबै पक्षबीच ढुंगा हानाहान भएको पुष्टि गरेका छन् ।

भारतीय पक्षले स्काभेटर महाकाली तरेर नेपालतर्फ ल्याई नदिको बहाव परिवर्तन गर्न खोजेपछि स्थानीयले ढुङ्गा हान्न थालेका थिए । स्थानीयले ढुंगा हान्न थालेपछि भारतीय पक्षले नदीको बहाव परिवर्तन गर्ने काम रोकेको हो ।

नेपाली नागरिकहरुले स्काभेटरमाथि नै ढुङ्गा हानेपछि भारतीय नागरिकहरुले पनि नेपालतर्फ ढुङ्गा प्रहार गरेका थिए । भारतीय पक्षले लास्कु खोला नजिक भारततर्फ नदी बगिरहेकोमा उक्त नदीको धारलाई स्काभेटर लगाएर नेपालतिर लगाउन खोजेका हुन् । नेपालतर्फ आएको स्काभेटर भने केही समय पछि नै भारतीय पक्षले उता लगिसकेको छ ।

प्रमुख जिल्ला अधिकारी उपाध्यायका अनुसार नेपाली प्रशासनसँग समन्वय नै नगरिकन भारतले एकतर्फी तरिकाले महाकालीमा स्काभेटर चलाएर नदीको बहाव परिवर्तन गर्न खोज्दा दुवै देशका नागरिककाबीच तनाब भएको हो ।

भारतले अहिले महाकाली नदीमा तटबन्ध बनाइरहेको छ । सोही बहानामा भारतीय पक्षले नदिको वहाव नेपालतर्फ पठाउन खोजको स्थानीयको आरोप छ । स्थानीयबासीहरुले वर्षातमा नदीमा पानीको बहाव बढी भएका बेला नेपालतर्फ आउने सम्भावना हुनाले नदीको बहाव परिवर्तन नगरिकनै भारतले तटबन्ध बनाउनुपर्ने माग राखेका छन् ।

प्रकाशित मिति: २५ फाल्गुन २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News