अब चौबिसै घण्टा खुल्ने भए रात्रिकालीन व्यवसाय



काठमाडौँ, फागुन २६
काठमाडौं । गृह मन्त्रालयले रात्रिकालीन व्यवसायमा लगाएको समय सीमा हटाएको छ । कार्यदलको सिफारिस अनुसार रात्रिकालीन व्यवसायलाई २४ सै घण्टा सञ्चालन गर्न दिने निर्णय भएको बताइएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले रात्रिकालीन व्यवसाय सञ्चालनबारे अध्ययन गरेर मापदण्ड बनाउन मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख फणिन्द्रमणि पोखरेलको नेतृत्वमा १४ सदस्यीय कार्यदल बनाएका थिए ।

सोही कार्यदलको सिफारिस अनुसार गृह मन्त्रालयले होटल, रेस्टुरेन्ट, डान्स बार, दोहोरी, क्लब र लाउन्ज बारलगायत सबै किसिमका रात्रिकालीन व्यवसायलाई २४ घण्टा नै सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News