प्रधानमन्त्री देउवासहित सरकारका सबै मन्त्रीद्धारा अंगदान गर्ने घोषणा


 


काठमाडौँ, फागुन २७
प्रधानमन्त्री शेरबहादुर देउवासहित सरकारका सबै मन्त्रीले अंगदान गर्ने घोषणा गरेका छन् ।

मृत्युपश्चात आफ्नो शरीरको अंगदान घोषणा गरेका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको प्रस्तावमा बिहीबारको मन्त्रिपरिषद्‌को बैठकमा सबै मन्त्रीले पनि सोही निर्णय कार्यान्वयन गर्ने भएका हुन्।

स्वास्थ्य सेवा दिवस २०७८ को अवसर पारी मन्त्री खतिवडाले क्याविनेटमा अंगदानको प्रस्ताव लगेका थिए। मन्त्रीहरुलाई साथ दिँदै मुख्यसचिव शंकरदाश बैरागीले पनि अंगदानको घोषणा गरेका थिए ।

यस्तै ५० वर्ष माथिका सबै नागरिकको स्वास्थ्य परीक्षण निशुल्क गर्ने सरकारले निर्णय गरेको छ । बैठकले ५० वर्ष भन्दा माथिका सबै नागरिकलाई वर्षमा १ पटक निःशुल्क रुपमा स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति: २७ फाल्गुन २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्