नेपाल आयल निगमको कार्यकारी निर्देशकमा थानी नियुक्त


 


काठमाडौँ, फागुन २७
सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेश प्रसाद थानीलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले थानीलाई महानिर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निगमको कार्यकारी निर्देशक पदमा तीन जनाको नाम सिफारिस गरेको थियो ।

मन्त्रालय अन्र्तगतको छनोट तथा सिफारिस समितिले थानीसहित चन्डिकाप्रसाद भट्ट र जिवन प्रकाश सिटौलाको नाम सिफारिस गरेको थियो ।

थानी यसअघि नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति सदस्य थिए । यस्तै उनी नेपाली कांग्रेस निकट सेन्ट्रल फर डेमोक्रेटिक इन्जिनियरिङ नेपाल (सिडेन) का अध्यक्ष समेत हुन् ।

प्रकाशित मिति: २७ फाल्गुन २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्