भारत विधानसभा निर्वाचन : यूपीका मुख्यमन्त्री योगी विजयी, उत्तराखण्डका धामी पराजित


 


काठमाडौँ, फागुन २७
नेपालसँग सीमा जोडिएका भारतका दुई राज्यमा विधानसभा निर्वाचनको अन्तिम मतपरिणाम आएको छ ।

नेपालको पश्चिमी सीमासँग जोडिएको उत्तराखण्ड र दक्षिणतिर सीमा जोडिएको भारतकै सबैभन्दा ठूलो उत्तर प्रदेशको चुनावी परिणाम सार्वजनिक भएको हो । निर्वाचनमा दुबै प्रदेशका मुख्यमन्त्री पनि प्रतिस्पर्धामा थिए । तर उत्तर प्रदेशमा जित्दा उत्तराखण्डमा भने पराजित भएका छन् ।

दुवै प्रदेशमा भारतीय जनताको पार्टीबाट मुख्यमन्त्री थिए । प्राप्त मतपरिणामअनुसार दुवै प्रदेशमा भाजपाले पुन: बहुमत हासिल गरे पनि उत्तराखण्डमा बहालवाला मुख्यमन्त्री पुस्कर सिंह धामी पराजित भएका छन् ।

पुर्ख्यौली थलो नेपाल भएका र नेपालमा थुप्रै नातासम्बन्ध भएका धामी भाजपाबाट खटिमा क्षेत्रमा चुनाव लडेका थिए । उनलाई उत्तराखण्ड कंग्रेसका अध्यक्ष भुवन कापडीले पराजित गरेका हुन् ।

यस्तै गोरखपुरबाट चुनाव लडेका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ भने भारी मतले विजयी भएका छन् । पहिलोपटक विधानसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका योगीले कीर्तिमानी जित हासिल गरेका हुन् ।

प्रकाशित मिति: २७ फाल्गुन २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्