संसद बैठक : प्रधानन्यायाधीश राणाविरुद्धकाे महाअभियोगमाथि छलफल हुँदै



काठमाडौँ, फागुन २९
प्रधानन्यायाधीश (हाल निलम्बित) चोलेन्द्र शमशेर जबराविरुद्धकाे महाअभियोगमाथि संसद्‌मा आज आइतबारदेखि छलफल अघि बढ्ने भएको छ।

आइतबारका लागि बाेलाइएकाे प्रतिनिधिसभा बैठकको सम्भावित दैनिक कार्यसूचीमा जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने उल्लेख गरिएको छ ।

जबराविरुद्ध फागुन १ गते सत्ता गठबन्धनका दलहरुले महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । उक्त प्रस्तावमा गठबन्धनका ९५ सांसदहरूले समर्थन जनाएका थिए ।

यस्तै, आजको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको २१औं वार्षिक प्रतिवेदन, २०७८० पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News