विवादित बनेको प्रकाश सपुतको गीतमा प्रचण्डले खाेले मुख



कैलाली, फागुन ३०
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रकाश सपुतले ल्याएको ‘पिर’ गीतबारे प्रतिक्रिया दिएका छन् ।

धनगढीस्थित विमान स्थलमा सोमबार विहान पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले कोही उत्तेजित हुनुपर्ने जरूरी नभएको प्रतिक्रिया दिएका हुन् ।

माओवादीकै केही नेता तथा भातृ संगठन वाइसिएल र अनेरास्ववियू क्रान्तिकारीले सपुतको उक्त गीत युट्युवबाट हटाउन चेतावनी दिएका बेला प्रचण्डले उत्तेजित हुनु नपर्ने बताए ।

‘मैले त्यो पुरै गीत हेर्न पाएको पनि छैन, अहिले हामी कोही उत्तेजित हुनुपर्ने पनि छैन,’ प्रचण्डले भने, ‘तर्क वितर्क हुन्छन्, पक्ष विपक्ष हुन्छन् । त्यसलाई स्वभाविक रूपले लिनुपर्छ ।’

जनयुद्धबाट शान्ति प्रक्रियामा आउनु ठिक थियो कि थिएन भन्नेमा पनि बहस भइरहने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News