कोरिया भाषा परीक्षाको आवेदन खुल्यो


 


काठमाडौं, फागुन ३०
कोरियन भाषा परीक्षाको लागि आउँदो चैत १४ देखि २१ गतेसम्म आवेदन दर्ता गर्न पाइने भएको छ ।

कोरियामा गएर काम गर्न इच्छुक नेपालीका लागि ईपीएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन खुलाएकाे हो ।

कृषि तथा पशुपालन र उत्पादन क्षेत्रका लागि छुट्टाछुट्टै परीक्षा हुने गरी तालिका सार्वजनिक भएको छ ।

कृषि तथा पशुपालन क्षेत्रको लागि आउँदो वैशाख २६ देखि जेठ १३ गतेसम्म पहिलो चरणको र जेठ २४ देखि असार १६ गतेसम्म दोस्रो चरणको भाषा परीक्षा हुनेछ ।

यस्तै उत्पादन क्षेत्रको लागि पहिलो चरणमा असार २० गतेदेखि भदौ १० गतेसम्म र दोस्रो चरणमा भदौ १६ गतेदेखि असोज २० गतेसम्म भाषा परीक्षा हुने ईपीएस शाखाले जनाएको छ ।

प्रकाशित मिति: ३० फाल्गुन २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्