रुसले चीनसँग सैन्य सहयोग माग्योः अमेरिका
![](https://www.deshkonews.com/wp-content/uploads/2022/03/ukren2022-02-24-01-18-22.jpeg)
न्युयोर्क, फागुन ३०
भिसा र मास्टरकार्डले रुसमा सञ्चालन बन्द गरेपछि चिनियाँ सरकारी स्वामित्वको युनियनपे र रुसको मिर जस्ता भुक्तानी प्रणालीहरूद्वारा सञ्चालित ‘को व्याज्ड’ कार्डहरू जारी गर्ने सम्भावनाबारे रूसी बैंकहरूले चिनियाँ समकक्षीहरूसँग सम्झौता गरका रिपोर्टहरु यसअघि नै आइसकेका छन् ।
मस्कोले चीनसँग हतियार मागेको भन्ने रिपोर्टलाई चीनले अस्वीकार गर्दै आएको छ । अमेरिकास्थित चिनियाँ दूतावासका प्रवक्ता लिउ पेनग्वायुले भनेका छन्, ‘त्यसबारे मैले केही सुनेको छैन ।’
‘अहिलेको मुख्य प्राथमिकता तनावपूर्ण अवस्थालाई नियन्त्रण बाहिर जानबाट रोक्नु हो । चीनले अत्यधिक संयम अपनाउन र ठूलो मानवीय संकटलाई रोक्न आह्वान गरेको छ’ दूतावासको विज्ञप्तिलाई उदृत गर्दै सीएनएनले जनाएको छ ।
यसैबीच, अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले विश्वव्यापी प्रतिबन्धहरूको सामना गर्न रसियालाई कुनै पनि सहयोग नगर्न चीनलाई चेतावनी दिएका छन् । सुलिभानले यसै साता चिनियाँ समकक्षीसँग भेट गर्दैछन् ।
प्रकाशित मिति: ३० फाल्गुन २०७८, सोमबार