सिन्डिकेट तोडिने भएपछि नयाँ भन्सार एजेन्टकाे परीक्षा राेक्न चलखेल


 


काठमाडौं, १ चैत्र
नयाँ भन्सार एजेन्ट काे नियुक्ति रोक्न चलखेल भइरहेकाे छ। नयाँ एजेन्टले लाइसेन्स पाउँदा सिन्डिकेट तोडिने भएपछि परीक्षा रोक्न चलखेल भइरहेकाे हाे।

दुई दशकदेखि आयातनिर्यातमा सहजीकरण गर्दै आएका भन्सार एजेन्टले विभिन्न अस्त्र प्रयोग गरेर नयाँ एजेन्ट नियुक्ति रोक्न चलखेल गरेका हुन्। नयाँ एजेन्टले लाइसेन्स पाउँदा सिन्डिकेट तोडिने भएपछि परीक्षा रोक्न उहाँहरूले लबिङ गरिरहेका छन् ।

विगतमा भन्सार एजेन्टहरू अर्थ मन्त्रालय र भन्सार विभागका अधिकारीलाई प्रभावित पारेर नयाँ एजेन्टको परीक्षा रोक्न सफल भएका थिए । पछिल्लोपटक अर्थमन्त्री जनार्दन शर्मा परीक्षा लिएर नयाँ एजेन्ट नियुक्ति गर्ने अडानमा थिए । फागुन २८ का लागि परीक्षा मिति तय भएको थियो । तर उक्त परीक्षा पनि स्थगित भयो।

दुई दशकदेखि नयाँ भन्सार एजेन्ट नियुक्त भएका छैनन् ।भन्सार विभागले ६६० जना भन्सार एजेन्टका लागि दर्खास्त आह्वान गरेको थियो। त्यसका लागि करिब ९ हजारले आवेदन दिएका थिए।

प्रकाशित मिति: १ चैत्र २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्