साउदी अरबका राजकुमारले आज उच्चस्तरीय भेटवार्ता गर्दै


 


काठमाडौं, चैत्र १
नेपाल भ्रमणमा रहेका साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले आज उच्चस्तरीय भेटवार्ता गर्दै हुनुहुन्छ। हिजो बेलुकी नेपाल आएका उनले आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्न लाग्नु भएकाे हाे ।

उहाँले आजै परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटवार्ता गर्ने र पारस्परिक सहयोग अभिवृद्धि सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । उक्त सम्झौतापछि नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्य गर्न बाटो खुल्ने परराष्ट्र मन्त्रालयका अधिकारीहरुको भनाइ छ ।

परराष्ट्र मन्त्री खड्काले साउदी अरेबियाका विदेश मन्त्रीको सम्मानमा दिवाभोजको आयोजना गर्न लाग्नु भएकाे छ। आजै दिउँसो उनी स्वदेश फर्कने कार्यक्रम छ । साउदी अरबका विदेशमन्त्री राजकुमार निजी विमानमार्फत् फागुन हिजो बेलुकी नेपाल आउनु भएकाे थियाे ।

प्रकाशित मिति: १ चैत्र २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्