बाबुराम भट्टराईलाई काठमाडौंको मेयर बन्न प्रस्ताव



काठमाडौं, चैत्र ६
स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै देशको संघीय राजधानी भएको काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवारमा पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले आफू उठ्न मिल्ने बताएका छन्।

‘सम्झना’ नामको ट्विटर ह्यान्डल प्रयोगकर्ताले लेखेकी छन्, ‘बाबुराम भट्टराईलाई काठमाडौं महानगरको मेयर बनाउँदा कसो होला? कहिलेकाहीँ म सडक हिँड्दा बाबुरामलाई सम्झन्छु, यदि उनले यो बाटो विस्तार गर्ने आँट नगरेको भए के हुन्थ्यो? प्रधानमन्त्री बनेको मान्छे मेयरको कुरा गर्न नमिल्ला तर यो काठमाडौं बाबुरामजस्ता आँट भएको मान्छे नआई बन्दै बन्दैन।’

जवाफमा भट्टराईले लेखेका छन्, ‘प्रम भएको मान्छेले मेयर बन्न गज्जबले मिल्छ। फ्रान्सका पूर्वप्रम Edouard Philippe अहिले त्यहाँको Le Havre नगरका मेयर छन्। सधैं साथीहरुलाई भन्ने गर्छु जीवनमा जनताका लागि केही सार्थक काम गर्ने मन छ भने सांसद ताक्ने हैन, आफ्नो पालिकाको प्रमुख/मेयर बन्नोस्। कसैले सुने पो ! हाम्रो संस्कार जो छ।’

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News