वक्यौता रकम नतिर्ने ७ वटा वायुसेवा कम्पनीलाई कारवाही गर्ने तयारी


 


काठमाडौं, चैत्र ६
नेपाल नागरिक उड्डयन प्राधिकरणले बन्द भइसकेका वायुसेवा कम्पनीहरुलाई वक्यौता रकम तत्काल चुक्ता गर्न आग्रह गरेको छ । पटक पटक पत्राचार गर्दा पनि बक्यौता तिर्न नआएपछि सात सञ्चालकहरूलाई कारबाही गर्ने तयारी गरिएको हो ।

प्राधिकरणले नेकोन एयर, शिवानी एयर, गोरखा एयर, माउण्टेन एयर, कस्मिक एयर, स्काईलाईन एयरवेज र एयर काष्ठमण्डपलाई कालोसूचीमा राखेर कारबाही गर्ने चेतावनी दिएको छ।

वायुसेवा कम्पनी तथा संचालकहरुले बुझाउनु पर्ने वक्यौता रकम बुभाउन पटक– पटक पत्राचार गर्दा पनि वक्यौता चुक्ता गर्न नआएपछि प्राविधकरणले २०७६ आसोज, २०७७ माघ र २०७८ भदौमा सार्वजनिक सूचनाहरु प्रकाशित गर्दै वायुसेवा कम्पनी तथा संचालकहरुलाई बक्यौता चुक्ता गर्न आग्रह गरेको थियो ।

प्राधिकरणले आज अन्तिम पटक भन्दै निकालेको सूचनामा ७ दिन भित्र वक्यौता तिर्न आउन भनिएको छ। यदि बक्यौता तिर्न नआए कम्पनीलाई कालोसूचीमा राख्दै भविष्यमा हवाई सेवासम्बन्धी कुनै पनि कामकारबाही गर्न नदिने र सञ्चालकहरूको बैंक खाता रोक्कादेखि राहदानी रोक्कासम्म गरिने चेतावनी दिइएको छ।

प्रकाशित मिति: ६ चैत्र २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्