यौन दुर्व्यवहारका आरोपीलाई पक्राउ गर्न गएको प्रहरीमाथि आक्रमण, महिला प्रहरीको मृत्‍यु


 


विराटनगर, चैत्र ७
एक शिक्षकले विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको विषयलाई लिएर मोरङमा आइतबार तनाव हुँदा प्रहरी टोलीमाथि आक्रमण भएको छ ।

आक्रोशित स्थानीयको भीडको आक्रमणमा परी महिला प्रहरीको हत्या भएको छ। आक्रमणका क्रममा एक जना महिला प्रहरीको घाँटीमा हतियार प्रहार भएको छ । मोरङ प्रहरी प्रमुख एसपी जनार्दन अनुसार आक्रोशित स्थानीयको भीडबाट प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु हो।

जवान श्रेष्ठलाई अस्पताल लैजाँदै गर्दा उनको मृत्‍यु भएको र यसबारेमा थप अनुसन्धान थालिएको एसपी जिसीले वताए। यौन दुर्व्यवहाको अभियोग लागेका शिक्षक मनोज पौडेललाई पक्राउ गर्न खटिएको प्रहरी टोलीमाथि आक्रमण भएको हो ।

शुक्रबार शिक्षक पौडेलले कक्षा ७ मा पढ्ने बालिकामाथि घरमै गएर करणीको प्रयास गरेपछि विद्यार्थीले प्रधानाध्यापकलाई उजुरी गरेका थिए।

तर, विद्यार्थी र स्कुलमा जम्मा भएको भीडले शिक्षकलाई पक्राउ गर्न नदिएपछि स्कुल तनावग्रस्त बन्यो । भीड नियन्त्रणका लागि प्रहरीले हवाई फयार गर्दा आक्रोशित भीडबाट प्रटोल बम प्रहार भएको प्रहरीको दाबी छ।

आक्रोशित भीडले भने शिक्षक व्यवस्थापन समितिका सदस्य र प्रहरीमाथि आक्रमण गरेका थिए । आरोपी शिक्षकलाई प्रहरी कार्यालय ल्याइएको छ भने स्थिति नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ७ चैत्र २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्