छात्रामाथि यौन दुर्व्यवहार प्रकरण : झडपमा प्रहरी जवानको मृत्यु, मोरङमा अनिश्चितकालीन कर्फ्यू
काठमाडौं, चैत्र ७
मोरङको लेटाङमा अनिश्चितकालसम्मका लागि कर्फ्यु लगाइएको छ।
आइतबार साँझ लेटाङ–५ मा आक्रोशित भीडको आक्रमणमा एक महिला प्रहरीको मृत्यु भएपछि स्थानीय प्रशासनले आज बिहान ७ बजेबाट कर्फ्यु जारी गरेको हो ।
अहिले बिहान ७ बजेदेखि लागू हुनेगरी अर्को आदेश नभएसम्मका लागि लेटाङका ४, ५ र ६ नम्बर वडामा कर्फ्यु लगाइएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए ।