स्थानीय चुनावका लागि अर्घाखाँचीमा ८ दल दर्ता


 


अर्घाखाँची, चैत्र ७
राष्ट्रिय मान्यता प्राप्त नगरेका ८ दल अर्घाखाँचीमा दर्ता भएका छन् । निर्वाचन आयाेगले दिएकाे समयसीमाभित्र ८ दल दर्ता भएकाे जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी रवी अर्यालले जानकारी दिए ।

नेपाल परिवार दलका अध्यक्ष डिल्लीराज भुसालले जिल्ला निर्वाचन कार्यालयमा पुगेर दल दर्ता गरेका छन् ।

विवेकशिल साझा,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा माले, उन्नत लाेकतन्त्र पार्टी, राष्ट्रिय जनमाेर्चा दरर्ता भएका हुन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीसहित ५ दल राष्ट्रिय मान्यता प्राप्त दल छन् ।

प्रकाशित मिति: ७ चैत्र २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्