जाजरकोट–जुम्ला सडक स्तरोन्नति गर्न ५० करोड विनियोजन



काठमाडाैँ, चैत्र ७
जाजरकोट–जुम्ला जोड्ने सडकखण्डको स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको छ । सडकखण्डको पाँचकाटियादेखि व्याउली ढुङगा सम्म सडक स्तरोन्नति गर्न रु ५० करोड विनियोजन गरिएको छ ।

बहुवर्षे ठेक्कामार्फत सडक स्तरोन्नति गर्न लागिएको भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका सीडीई शुभराज न्यौपानेले जानकारी दिए । बहुवर्षे ठेक्कामार्फत जाजरकोटबाट जुम्लासम्म सडक जोड्नका लागि स्रोतको सुनिश्चिता गर्दै काम गर्न राष्ट्रिय योजना आयोगले भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय योजना अनुगमन तथा मूल्याङ्कन महाशाखालाई पत्र पठाएको छ ।

तत्काल ठेक्का खोजी काम गर्न भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले सडक विभागलाई पत्राचार गरेको छ । चार वर्षदेखि सो सडकखण्ड कटान जारी छ । केही दिनमा बोलपत्र आह्वान गरी काम अगाडि बढाइने सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख ध्रुव झाले बताए।

प्रतिक्रिया दिनुहोस्

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News