नेकपा एमालेमा प्रवेश गर्दै अभिनेत्री करिश्मा मानन्धर


 


काठमाडौं, चैत्र ८
अभिनेत्री करिश्मा मानन्धर आज नेकपा एमालेमा प्रवेश गर्दै छिन् । उनी पहिलेको पार्टी नयाँ शक्ति पार्टीको समूहसहित एमालेमा प्रवेश गर्ने तयारी गरेकी हुन् ।

केही दिन अघिदेखि नै एमालेमा जाने चर्चा चलेकी करिश्मालाई मंगलबार दिउँसो १ बजे एमाले केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्ने कार्यक्रम रहेको बताइएको छ ।

एमालेमा प्रवेश गर्ने निर्णय गर्नुभन्दा केही समय अघिदेखि नै करिश्माले केपी ओलीसँग भेटेकी थिइन् । अभिनेत्री मानन्धर पहिले नयाँ शक्ति पार्टीमा सक्रिय थिइन् ।

उनी आफ्नो समूहसहित एमालेमा प्रवेश गर्न लागेकी हुन् । यस्तै समाजवादी जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वमा रहेको सिंगै दल पनि आज एमालेमा प्रवेश गर्न लागेको हो ।

प्रकाशित मिति: ८ चैत्र २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्