महसुल नतिर्दा मधेशका मुख्यमन्त्री राउतकाे घरमा काटियाे लाइन


 


जनकपुरधाम- पटक-पटक ताकेता गर्दा पनि महसुल नबुझाएकाे कारण मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतकाे घरकाे खानेपानीकाे लाईन काटिएकाे छ ।

नेपाल खानेपानी संस्थान वीरगन्ज शाखाले वीरगञ्जस्थित तेजारथ टाेलमा रहेकाे मुख्यमन्त्री राउतको निजी निवासमा उनकाे बुवा दशरथ राउत गद्दीको नाममा रहेको खानेपानीको लाईन काटेकाे हाे ।

नेपाल खानेपानी संस्थान वीरगञ्जले संस्थानलाई तिर्नुपर्ने बक्यौता रकम नतिरेपछि कालो सुचीमा राखी लाइन काटिएको भन्ने सूचना जारी गरि लाईन काटिएकाे हाे ।

संस्थान वीरगन्जका शाखा प्रमुख निरण महर्जनद्वारा जारी सूचनामा भनिएकाे छ, ‘पटक पटक ताकेता गर्दा बक्याैता महसुल नबुझाएकाेमा कालाे सुचीमा राखी सार्वजनिक सूचना निकाल्दा पनि महसुल नतिरेकाले खानेपानीकाे सेवा बन्द गरिएकाे छ ।

मुख्यमन्त्रीकाे बुवा दशरथकाे नाममा खानेपानीको जरिवाना सहित १ लाख ६३ हजार २ सय १६ रुपैयाँ बक्यौता रहेकाे छ । मुख्यमन्त्री राउत सरकारी निवासमा बस्न थालेपछि उनकाे निजी निवासकाे रेखदेख उनका बुवा दशरथले नै गर्दै आएका छन ।

प्रकाशित मिति: ८ चैत्र २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्