यस्तो छ चैत्र १० गते बिहिवारको राशिफल



काठमाडौं । आज २०७८ चैत्र १० गते बिहिवारको राशिफल ।

मेष

नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । साँझमा धन खर्च बढ्नेछ । चोटपटकको भय छ अतस् स्वास्थ्य प्रति सजग रहनु पर्छ ।

मिथुन

आज मित्र वा आफन्तको साथ र सहयोग मिल्नेछ । साथी भाइको भेटघाटले मन प्रसन्न रहला । मनोरञ्जन तरिकाले दिन बित्ने देखिन्छ ।

सिंह

कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु होला । आर्थिक क्षेत्रमा सङ्कट आउला । मुद्दा मामिला आइलाग्नेछ ।

तुला

आज सफल यात्रा हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्ने र पठनपाठनमा प्रगति हुनेछ ।

धनु

घरायसी झमेलामा परिएला । प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । मालसामान हराउन सक्छ । मानसिक चिन्ता पनि बढ्ला ।

कुम्भ

धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । सेवा गर्ने योग पनि छ ।

बृष

प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । धनार्जनका नयाँ योजना बन्नेछ । वैदेशिक कार्यमा भने समस्या आउने देखिन्छ ।

कर्कट

नयाँ विद्या र परीक्षा राम्रो हुनेछ । नसोचेको ठाउँबाट धन हात पर्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ ।

कन्या

आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ ।

बृश्चिक

रोजगारको अवसर मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । बौद्धिकताको विकास हुनेछ ।

मकर

आज सहकार्यको अवसर मिल्नेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । शुभ र नयाँ कार्यको योजना पनि बन्नेछ ।

मीन

कूटनैतिक कार्यमा सफलता मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कार्यसिद्धि पनि हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News