स्थानीय चुनावको घोषणापत्र बनाउन एमालेले गठन गरेको कार्यदलमा को-को छन् ?


 


काठमाडौं, चैत्र १०
नेकपा (एमाले) ले स्थानीय तह निर्वाचनको घोषणापत्र बनाउन कार्यदल गठन गरेको छ ।

बिहिबार सकिएको केन्द्रीय कमिटी बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा कार्यदल बनाएको हो।

कार्यदलमा उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल, पोलिटब्यूरो सदस्य देवेन्द्र दाहाल, प्रभु साह, मनोजजंग थापा, युजराज खतिवडा, प्रभा बराल, दिनेशचन्द्र देवकोटा र सुशील ज्ञवाली रहेका छन् ।

प्रकाशित मिति: १० चैत्र २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्