भोजपुरमा एमाले प्रवेशको लहर, व्यवसायी जीवन श्रेष्ठ एमालेमा प्रवेश


 


भोजपुर, चैत्र १०
नेकपा (एमाले) भोजपुरमा पार्टी प्रवेशको लहर शुरु भएको छ । दिनहुँजसो एमालेमा पार्टी प्रवेशको लहर नै चलेको छ ।

बिहिबार भोजपुर सदरमुकास्थित भोजपुर बजारका पुराना व्यवसायी जीवन श्रेष्ठ एमाले प्रवेश गरेका छन् । भोजपुर नगरपालिका ७ को वडा भेला कार्यक्रममा नेपाली कांग्रेसमा रहेका पुराना एवम् प्रतिष्ठित व्यवसायी श्रेष्ठ एमालेमा प्रवेश गरेका हुन् ।

भेलामा गोविन्द सुन्दास, सन्तोष सुन्दास, राजकुमार तामाङ, दीपक तामाङ, सुमन मंग्राती, राजु प्रधान समेत एमालेमा प्रवेश गरेका छन् ।

उनीहरूलाई एमाले भोजपुरका उपाध्यक्ष मक्कर खड्का, प्रदेश कमिटी सदस्य भरत तामाङ, गणेश श्रेष्ठ लगायत नेताहरुले स्वागत गरेका थिए ।

प्रकाशित मिति: १० चैत्र २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्