ओली र प्रचण्डले पालैपालो भेट्दै चिनियाँ विदेशमन्त्री


 


काठमाडौं, चैत्र १३
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्दैछन् ।

ओलीले बिहान ११ः१० बजे विदेशमन्त्री यीसँग होटल मेरियटमा भेटवार्ता गर्ने भएका हुन् । ओलीले नेपाल–चीन द्विपक्षीय हितबारे छलफल गर्ने भएका हुन् ।

यसपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमन्त्री यीसँग भेटवार्ता गर्ने भएका छन् ।

भेटवार्ता बिहान ११ः४५ बजे हुँदैछ । उनले पनि नेपाल–चीन द्विपक्षीय हितसँगै बीआरआईबारे छलफल गर्नेछन् । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग विदेशमन्त्री यीकाे भेट भइसकेको छ ।

प्रकाशित मिति: १३ चैत्र २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्