भोजपुरमा सकिँदै माधव नेपालको पार्टी, वडा कमिटी नै एमालेमा समाहित


 


भोजपुर, चैत १४
भोजपुरमा माधव नेपालको पार्टी नेकपा एकिकृत समाजवादीको वडा कमिटी नै नेकपा एमालेमा समाहित भएको छ ।

जिल्लाको टेम्के मैयुङ गाउँपालिका वडा नं ९ वडा वडा कमिटीका अध्यक्ष सन्तोष चाम्लिङ राई सहित वडा कमिटीका सबै सदस्यहरु नेकपा एमालेमा समाहित भएका हुन् ।

नेकपा एमालेको वडा स्तरीय कार्यकर्ता भेलामा नेकपा अध्यक्ष राई सहितको सबै टिम एमालेमा समाहित भएको हो ।

समाहित भएको टिमलाई एमाले भोजपुरका अध्यक्ष शरण राई, प्रदेश कमिटी सदस्य एवम् गाउँपालिका अध्यक्ष ध्रुव राई लगायतका नेताहरुले स्वागत गरेका थिए । स्थानीय तहको निर्वाचन नजिकिएसँगै एमाले भोजपुरमा पार्टी प्रवेशको लहर नै चलेको छ ।

प्रकाशित मिति: १४ चैत्र २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्