इटहरीमा बम विष्फोट


 


सुनसर, चैत्र १५
इटहरीमा बम विष्फोट भएको छ ।

इटहरी उपमहानगरपालिका( २ को नवजागृति टोलमा सोमबार राति करिब १० बजे बम विष्फोट भएको हो ।

विष्फोटमा परी दुई जना घाइत भएका छन् । घाइते हुनेमा इटहरी उपमहानगरपालिका-२ नवजागृति टोलमा बस्दै आएका २२ वर्षीय रविन थापा र लमजुङका २३ वर्षीय शेरजंग गुरुङ रहेका छन् । थापाको डेरामा बम विष्फोट भएको बताइएको छ ।

घटनास्थलबाट हिमाल सुरक्षा परिषद् नेपालको पर्चा बरामद भएको इलाका प्रहरी कार्यालय इटहरीले बताएको छ । परिषद्ले हिन्दु राष्ट्रको माग गर्दै फागुन १५ गतेबाट सशस्त्र संघर्षको घोषणा गरेको थियो ।

प्रकाशित मिति: १५ चैत्र २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्