नेपालमा नयाँ अमेरिकी राजदुत आउने


 


काठमाडौं, चैत्र १६
अमेरिकाले नेपालका लागि नयाँ राजदूतमा परराष्ट्र सेवामै रहेका डिन थम्पसनलाई पठाउने भएको छ ।

मंगलबार राष्ट्रपति बाइडेनले परराष्ट्र सेवामै रहेका डिन थम्पसनलाई नेपालका लागि राजदूत प्रस्ताव गरेको राष्ट्रपति कार्यालय ह्वाइटहाउसले जनाएको छ ।

२५ वर्ष अमेरिकी परराष्ट्र सेवामा बिताएका थम्पसनले अहिले अमेरिकी विदेश मन्त्रालयमा दक्षिण तथा मध्य एसियाली मामिलामा प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरीका रूपमा काम गरिरहेको ह्वाइटहाउसले उल्लेख गरेको छ।

यसअघि उनी अमेरिकी बिदेश मन्त्रालयमा प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरीको पदमा कार्यरत थिए । उनको औपचारिक नियुक्त प्रकृया पुरा हुन केही महिना लाग्ने बताइएको छ ।

प्रकाशित मिति: १६ चैत्र २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्