मृगौला पीडित तामाङलाई भोजपुर-काठमाडौं सम्पर्क मञ्चको आर्थिक सहयोग


 


काठमाडौं, चैत १६
भोजपुरको षडानन्द नगरपालिका-४ का मृर्गौला पिडित बिरबहादुर तामाङलाई उपचारका लागि नेकपा (एमाले) भोजपुर काठमाडौं-सम्पर्क मञ्चले आर्थिक सहयोग प्रदान गरेको छ ।

दुवै मृर्गौला फेल भएका तामाङलाई मञ्चले ४१ हजार सहयोग प्रदान गरेको हो । आर्थिक सहयोग मञ्चका अध्यक्ष फुर्बा तेन्जिङ शेर्पा नेतृत्वको टिमले हस्तान्तरण गरेका छन् ।

तामाङ २ बर्ष देखि काठमाडौंको वीर अस्पतालमा उपचार गराउँदै औषधी सेवन गरिरहेका छन् ।

प्रकाशित मिति: १६ चैत्र २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्