डीआईजी कार्कीको रिटको पेसी न्यायाधीश रेग्मीको एकल इजलासमा


 


काठमाडौं, चैत्र २०
डीआईजी ईश्वर बाबु कार्कीले अदालतमा दर्ता गराएको रिट न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा पेसी तोकिएको छ।

न्यायाधीश रेग्मीको इजलासमा अन्य १२ वटा पेशी पनि चढेका छन्। डीआईजी कार्कीको निवेदनको पेशी भने अन्तिममा राखिएको छ।

सरकारले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवा गरेको विषयलाई लिएर डीआईजी कार्कीले बिहीवार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।

सरकारले पहिलो नम्बरमा डीआईजी वसन्त पन्त, दोस्रोमा धीरजप्रताप सिंह र तेस्रोमा रवीन्द्र बहादुर धानुकलाई बढुवा गरेको छ।

तीन जनालाई बढुवा सिफारिस गरेपछि आकांक्षी रहेका अन्य तीनजना डीआईजीहरू धनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्की असन्तुष्ट भएका थिए। उनीहरूले आफूभन्दा कनिष्टलाई एआइजीमा सिफारिस गरिएको भन्दै गृहको निर्णयविरुद्ध निर्वाचन आयोगमा पुगेका थिए।

प्रकाशित मिति: २० चैत्र २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्