हुम्लामा चुनावी तालमेल गर्ने सत्ता गठबन्धनकाे निर्णय



सिमकोट, चैत २२

वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलले हुम्लामा चुनावि तालमेल गर्ने भएका छन् । हुम्लाका सात गाउँपालिका तथा ती पालिकाका ४४ वडामा गठबन्धनका दलहरुबीच तालमेल हुने भएकाे हाे ।

केन्द्रीय गठबन्धनमा रहेका दलहरूबीच हुम्ला जिल्ला सदरमुकाम सिमकोटमा रहेको बिपि चिन्तन प्रतिष्ठानमा संयुक्त बैठक बसेर मिलेर चुनाव लड्ने निर्णय भएकाे एकीकृत समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष तीर्थराज रोकाया बताए ।

कांग्रेस हुम्लाका सभापति मोहनविक्रम सिंहको अध्यक्षतामा बसेको गठबन्धनको बैठकले निर्वाचनमा तीनै दल(कांग्रेस, माओवादी केन्द्र र एकीकत समाजवादी) बीच तालमेल गरेर जाने निर्णय गरेकाे हो ।

चुनावी अभियानका क्रममा गाउँघरमा कार्यक्रम सञ्चालन गर्दा गठबन्धनलाई असर पर्नेगरी अभिव्यक्ति नदिनेसमेत सहमति पनि भएकाे कांग्रेस हुम्लाका सभापति सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News